प्रदेश नम्बर नं २ मा पनि एमाले पहिलो शक्ति बन्छ : नेता नेपाल

सिन्धुली। । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नम्बर नं २ मा पनि एमाले पहिलो शक्ति हुने बताउनुभएको छ । आज सिन्धुलीको भिमानमा शहीद ऋषिराज देवकोटाको शालिकमा माल्र्यापण गर्दै यस्तो बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले मधेश र मधेशी जनताप्रति एमालेको आशा र विश्वास नडग्मगाएका कारण एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै अन्य पार्टीले एमाले मधेश विरोधी पार्टी भन्दै भ्रम फैलाएको र यस्ता भ्रम चिर्न एंव जनतालाई विश्वास दिलाउन सम्पूर्ण कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय निर्वाचनमा भएका विभिन्न गतिविधिलाई पाठ सिक्दै आगामी हुने प्रदेशसभा र सङ्घको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने गरी अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिदैं उहाँले एमाले विजयी भएमा मात्र देशमा परिर्वतन तथा समृद्धि सम्भव भएको बताउनुभयो ।

नेता नेपालले विकास परिवर्तन हतार र सस्तो लोकप्रियतामा नहुने भन्दै अबको समृद्धि एमालेको काँधमा रहेको बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।