अत्याधिक चासो रहेको जनकपुरमा मतगणना माग गर्दै मध्यरातमा नारावाजी सुरु

धनुषा, धेरै चासोपूर्वक हेरेको धनुषाको जनकपुर उपमहानगरपालिकामा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । तत्काल मतगणना सुरु गर्नुपर्ने माग गर्दै गणनास्थलबाहिर विभिन्न राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणले नाराबाजी गरिरहेका छन् । जिल्ला निर्वाचन कार्यालयले भने मंगलबार बिहानबाट मात्र मतगणना सुरु हुने जनाएको छ ।

मतगणना सुरु गर्ने विषयमा निर्णय गर्न सोमबार बेलुकी बसेको सर्वदलीय बैठक निष्कर्षहीन भएपछि गणना कार्य सुरु हुन नसकेको हो । बेलुकीबाटै मतगणना गर्न सबै राजनीतिक दलले सहमति जनाए पनि कांग्रेसले अस्वीकार गरेको बैठकमा सहभागी प्रतिनिधिहरूले जनाएका छन् ।

कांग्रेसले भालि बिहानबाट मात्र गणना कार्य अगाडि बढाउनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले सबैको सहमतिमा मंगलबार बिहानबाट मतगणनाको काम थालिने बताए । मतदानस्थल बाहिर भने अहिले पनि नाराबाजी भइरहको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।