लहान मा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

सिरहामा कांग्रेस, माओवादी र संघीय फोरम एक एक वडामा विजयी

लहानमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

लहान, ३ असोज । लहान नगरपालिकाको मतगणनाको पछिल्लो नतिजामा एमालेले अग्रता लिएको छ । यसअघि कांग्रेसले लिएको अग्रता तोड्दै एमालेले अग्रता लिएको हो ।

पछिल्लो नतिजा अनुसार मेयरमा एमालेले ९३१ मत पाएको छ भने कांग्रेसले ७२५ मत पाएको छ । यस्तै तेस्रो स्थानमा संघीय समाजवादी फोरमले ७०४ मत पाएको छ । उपमेयरमा भने कांग्रेसकै अग्रता छ । उपमेयरमा कांग्रेसले ९५०, एमालेले ७४३ र फोरमले ७५३ मत पाएका छन् ।

सिरहामा कांग्रेस, माओवादी र संघीय फोरम एक एक वडामा विजयी

सिरहामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपाल एक–एक वडामा विजयी भएका छन् ।

लहान नगरपालिका वडा नं १ मा कांग्रेस, कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्र र भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपाल आफ्नो समूहसहित विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

लहान नगरपालिका वडा नं १ का कांग्रेसका उम्मेदवार सियाराम यादवले २९९ मत प्राप्त गरी विजयी हुनुभयो भने कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी हुनुभयो । यसैगरी सिरहाको भगवानपुर गाउँपालिका वडा नं १ का संघीय समाजवादी फोरम नेपालका बद्रीनारायण यादव वडाध्यक्षमा विजयी हुनुभएको छ ।

मतगणना भइरहेको सिरहाको गोलबजार र मिर्चैया नगारपालिका, अर्नमा गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ भने लहान, धनगढीमाई नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

त्यस्तै कर्जन्हा नगरपालिकासहित विष्णुपुर र नरहा गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । सिरहाको सबैभन्दा ठूलो नगरपालिका लहान नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । निर्वाचन कार्यालयले सिरहामा मतगणनास्थललाई सुरक्षित बनाएर मत गणना गरिरहेको प्रमुख निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।