सिरहा अपडेट : माओवादी तीन, एमाले, राजपा र संघीय फोरम दुई दुई वडामा विजयी

सिरहा, असोज ३ । तेस्रो चरण अन्तर्गतको स्थानीय तह चुनावको मतगणना भइरहँदा प्रारम्भिक परिणाम आउने क्रम पनि जारी छ । सिरहामा कांग्रेस, एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम, राष्ट्रिय जनतापार्टी नेपालले वडाहरुमा जितेका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ र ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष विजयी भएका छन् । १ नम्वर वडामा मोहन केसीको प्यानल विजयी भएको हो । ३ नम्वर वडामा अध्यक्ष कपलेश्वर यादव विजयी हुनुभएको छ । सबै सदस्यहरु भने नेकपा एमालेका विजयी भएको निर्वाचन अधिकृत शुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।

त्यसैगरी अर्नमा गाउँपालिका १ बाट पनि माओवादी केन्द्रका वडाअध्यक्ष गफार मियाँको प्यानल विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

लहान नगरपालिका वडानम्बर २ मा नेपाली कांग्रेसका वडा अध्यक्ष सीयाराम यादवसहित प्यानल नै विजयी भएका छन् ।

यसैगरी सिरहाको भवगवानपुर वडा नम्बर १ र औरही गाउँपालिका १ बाट संघीय समाजवादी फोरम नेपालका वडा अध्यक्ष पदका उम्मेदवारहरु क्रमशः बद्रीनारायण यादव र सुरैतलाल यादवको प्यानल विजयी भएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

कल्याणपुर नगारपालिकाको १ बाट राजपाका जयराम कामती र २ नम्वर वडाबाट विन्देश्वर मुखिया वडाअध्यक्षमा विजयी भएका छन् ।

त्यसैगरी, धनगढीमाई नगरपालिका १ मा नेकपा एमालेका सूर्यनारायण महतो विजयी हुनुभएको छ । कर्जन्हा नगरपालिका २ नम्बर वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

अहिलेसम्म जिल्लाका सवै स्थानीय तहको मतगणना प्रकृया शान्तिपूर्ण ढंगले चलिरहेको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले बताउनु भयो । उहाँले विभिन्न कारणले सवै ठाउँको मत परिणामहरु समयमा आउन नसकिरहेको जनाउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।