एमालेका वरिष्ठ नेता नेपालले भने,- प्रदेश नं. २ मा एमाले पहिलो नबने दोस्रो पक्का

काठमाडौं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधन र परिमार्जनका एकल नारा उराल्दै आएका राजनीतिक दललाई जनताले जनमतद्वारा उक्त आन्दोलन गलत थियो भन्ने गतिलो सन्देश दिएको बताएका छन् । एकल नाराबाट थाकेर निर्वाचनमा सबै जुट्नु सकरात्कम भएको उनले बताए ।

मंगलबार इटहरीमा भएको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको प्रदेश नम्वर १ स्तरीय भेलामा नेता नेपालले संविधानको सफल कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनले सकारात्मक सन्देश दिएको बताए ।

प्रदेश नम्बर २ मा भइरहेको निर्वाचनको अन्तिम परिणाम आउदा एमाले पहिलो पार्टी हुने र नभए दोस्रो हुने दाबी गरे । उनले भने,‘प्रदेश नं २ मा पनि एमाले पहिलो पार्टी हुन्छ भन्ने पार्टीको सोच थियो । तर जनताले पहिलो पार्टी नबनाए पनि पक्कै दोस्रो हुन्छ । र एमाले मुलुकभर पहिलो हुन्छ ।’

नेता नेपालले स्थानीय तह भौतिक पूर्वाधार निर्माणको हिसाबले निकै मजबुत बन्न सक्ने र हरेक स्थानीय तहको वडामा तीन करोडसम्म विकास बजेट पुग्ने अवस्था सिर्जना भइसकेको बताए ।

प्रदेशका स्थानीय तहमा एमालेको शक्ति सञ्चालनका लागि प्रदेश निर्वाचन पनि एमालेले जित्नै पर्ने अवस्था रहेकाले त्यहीअनुसारले सक्रियता बढाउनु पर्ने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।