काङ्ग्रेस-माओबादीको गठबन्धनलाई धनुषामा ठूलो झट्का, एमाले एक्लैले लियो भारी मतले अग्रता
धनुषा, ४ असोज । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेको धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार हरिनारायण महतोले ९८७ र उपमेयर पदकी उम्मेदवार तारा वस्नेत १०५८ मतका साथ अग्रस्थानमा छन्
त्यस्तै कांग्रेसका मेयर उम्मेदवार राजकुमार महतो ७७९ र माओवादी केन्द्रका उपमेयर पदका उम्मेदवार मनिष जर्घा मगर ८९१ मत प्राप्त गरेर दोश्रो स्थानमा छन् ।तेश्रोमा कांग्रेसबाट बागी उम्मेदवार राजाराम महतोले ६७२ मत ल्याएर तेश्रो स्थानमा हुनुहुन्छ ।


