राजपाको अग्रता कसैले छिन्न सकेन, – यस्तो छ पछिल्लो मत परिणाम

वीरगन्ज | तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासोमा रहेको प्रदेश नम्बर –२ को एक मात्र महानगरपालिका वीरगन्जको मेयर र उपमेयरमा राष्ट्रिय जनता पार्टी (राजपा)ले अग्रता कायमै राखेको छ। बुधबार दिउँसो सवा २ बजे गणना गरिएको ५२८७ मतको परिणाम अनुसार मेयरमा राजपाका उम्मेदवार राजेशमान सिंह १४ सय २५ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले १२ सय २८ मतका साथ पछ्याइरहेका छन्।

मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजय सरावगी ६७८ मतका साथ तेश्रो र माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी ५६५ मतका साथ चौथो स्थानमा छन्।यस्तै मेयरमै एमालेका उम्मेदवार बसरुद्धिन अन्सारी ५१६ मतका साथ पाँचौँ स्थानमा र ३७५ मतका साथ लोकतान्त्रिक फोरमका उम्मेदवार विमल श्रीवास्तव छैठौं स्थानमा छन्।
यस्तै उपमेयरमा पनि राजपाकै उम्मेदवार रम्भा मिश्राको अग्रता रहेको छ। उपमेयरमा राजपाकी उम्मेदवार मिश्राले १४०३ मत ल्याएकी छिन्।

उपमेयरमा कांग्रेसकी उम्मेदवार शान्ति कार्की १३ सय १४ मतका साथ दोश्रो, फोरम नेपालकी उम्मेदवार पिंकी यादव ६६८ मतका साथ तेश्रो , एमालेकी उम्मेदवार सोफिया आचार्य ५९३ मतका साथ चौथो, माओवादी केन्द्रकी उम्मेदवार दुर्गा क्षेत्री ४३८ मतका साथ पाँचौ र लोकतान्त्रिक फोरमकी उम्मेदवार रिंकु यादव ३०७ मतका साथ छैठौं स्थानमा छिन्।

कुल एक लाख आठ हजार पाँच सय एक मतदाता रहेको वीरगन्ज महानगरमा सोमबार भएको निर्वाचनमा ८४ हजार तीन सय ६३ मत खसेको थियो।
वीरगन्ज महानगरपालिको वडा नम्बर १, २ , ३ , ४ , ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।