एक नगरपालिकासहित २४९ वडाको मत परिणाम सार्वजनिक

काठमाडौँ, ४ असोज । प्रदेश नं २ का आठ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना गर्ने कार्य जारी रहेको छ । मतगणना भइरहेका १३५ स्थानीय तहमध्ये धनुषा जिल्लाको हंसपुर नगरपालिकाको मतगणना कार्य सम्पन्न भई मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजयी हुनुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । मतगणना जारी रहेका १३४ स्थानीय तहमा शान्तिपूर्णरुपमा मतगणना कार्य सञ्चालन भइरहेको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) ले जनाएको छ । आज अपराह्न ५ः०० बजेसम्म प्राप्त विवरणअनुसार हालसम्म २४९ वडाको मत परिणाम प्राप्त भइसकेको छ ।

सप्तरी जिल्लाका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्सा जिल्लाका १३ वटा वडाको मत परिणाम सार्वजनिक भएको हो ।

मतगणना कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्न विभिन्न मतगणनास्थलमा निर्वाचन अधिकृतले थप मतगणना टोली गठन गरी मतगणना कार्य अघि बढाइरहेको जानकारी प्राप्त भएको छ । पछिल्लो समय ३३२ टोली मतगणनाका लागि खटिएको आयोगले जनाएको छ ।

एकाध ठाउँमा मतगणना अवरुद्ध भएकामा मतगणना कार्य सञ्चालन गर्नका लागि सर्वदलीय सहमतिको प्रयास भइरहेको जानकारीसमेत आयोगलाई प्राप्त भएको छ ।

सप्तरी जिल्लाको राजविराज नगरपालिकाको वडा नंं १५ मा राजपाका वडाध्यक्षका उम्मेदवारको निधन भई स्थगन भएको निर्वाचन भोलि असोज ५ गते मतदान हुने कार्यक्रम रहेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।