सत्ता प्राप्ति र सरकार टिकाउनका लागि विदेशीसँग जस्तोसुकै पनि सम्बन्ध राख्ने वर्तमान सरकारको कारण राष्ट्रिय स्वाधिनता धरापमा पर्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता प्राप्ति र सरकार टिकाउनका लागि विदेशीसँग जस्तोसुकै पनि सम्बन्ध राख्ने वर्तमान सरकारको कारण राष्ट्रिय स्वाधिनता धरापमा परेको आरोप लगाएका छन् ।

आर्थिक समृद्धि र संविधान सफल कार्यान्वयनको समयमा सरकारमा सहभागी दल सत्ता बचाउने खेलमा मात्र लागेकाले मुलुकले कोल्टे फेर्न नसकेको उनको भनाइ छ । एमालेले जिल्लाको गैंडाकोटमा बुधबार आयोजना गरेको आमसभामा ओलीले यस्तो बताएका हुन् ।

‘सवारी चलाउन कुशल चालकको आवश्यक्ता हुने जस्तै मुलुक चलाउन पनि राम्रो चालक चाहिन्छ’उनले भने , ‘चालक मन्त्री थप्ने र विदेशीसँग घुँडामात्र टेक्ने गरेपछि मुलुक अनिर्णयको बन्दी बनेको छ ।’
भाषणको अधिकांश समय सरकार र न्यायलयको आलोचनामा खर्चिएका पूर्वप्रधानमन्त्री ओलीले न्यायलयले सरकारसँग मिलेर भरतपुरका देवी ज्ञवाली र प्रहरी अधिकारी नवराज सिलवालमाथि अन्याय गरेको आरोप लगाए । सरकार र न्यायलयले लोकतन्त्रको अनुभूति नगराएको भन्दै लोकतन्त्र रक्षाका लागि एमालेले सदैव खबरदारी गरिरहेको बताए ।

आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा एमाले स्थानीय तहमा आएको नजिता भन्दा अझै धेरै क्षेत्रमा जित हासिल गर्दै बहुमतमा पुग्ने दाबीसहित जनताले अनुभूति गर्ने गरी सुशासन र विकासको मुल फुटाइदिने आश्वासन दिए ।

सभामा विभिन्न पार्टी परित्याग गरी एमालेमा नवप्रवेशीलाई अध्यक्ष ओलीले अबीर लगाएर स्वागत गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।