सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी

लहान, ४ असोज : सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन् ।

केहीबेर अघि सम्पन्न मतपरिणामअनुसार प्रमुखमा माओवादी केन्द्रका गंगा पासवान र उपप्रमुखमा माओवादी केन्द्रकै ज्ञानकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

प्रमुख पासवानले चार हजार ३०९ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामदयाल महतोले तीन हजार १९० मत प्राप्त गर्नुभयो ।

यस्तै उपप्रमुख श्रेष्ठले चार हजार ३१३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी अन्जु राईले दुई हजार ९४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।