वीरगन्ज महानगरमा एमालेको विजयी सुरूवात, वडा नं. ३० बाट खोल्यो खाता
वीरगन्ज । २ नम्बर प्रदेशको एकमात्र वीरगन्ज महानगरपालिकामा एमालेले खाता खोलेको छ । एमालेले महानगरको वडा नम्बर ३० बाट विजयी सुरूवात गरेको हो ।

यहाँ एमालेका उम्मेदवार अमानत मियाले नेपाली कांग्रेसका उम्मेदवार अलि हुसेन देवानलार्इ पराजित गर्न सफल हुनुभएको हो ।
विजयी हुनु भएका एमालेका मियाले ४६६ मत ल्याउन सफल हुनुभयो भने पराजित हुनुभएका कांग्रेसका अलि हुसेनले ४५५ मत ल्याउनुभयो । दुर्इ उम्मेदवारबीचको मतान्तर ११ रहेको छ ।


