रविले किन भने- यो मुलुक सिधै पैसाहुनेहरुको नाममा नामसारी गरिदिएनी हुने भो – यस्तो छ कारण (हेर्नुहोस् भिडियो)

सेनाको काम गर्नेलाई दिलाएरै छाड्यौ ७१ लाख, विदेश जान लिएको ८० हजार ऋणमा २१० मात्र बाँकी

सेनाको काम गरेर पैसा नपाएका ठेकेदार दुर्गा तण्डुकारले ७१ लाख रकम पाएरै छाडे । आज हामी त्यो दिनलाई सम्झिरहेका छौ जव मर्नु वाहेक कुनै विकल्प नरहेको भन्दै भिजेका आंखा हराएको होस र डराएको मन लिएर दुर्गा तण्डुकार हाम्रो कार्यालय आएका थिए ।

यति ठुलो रकम कसरी र कुन उपाय लगाएर उठाइदिने होला भन्ने वारे हामीले केही सोच्न सकेका थिएनौ तर मनमा दृड विश्वास थियो कि दुर्गा तण्डुकारलाई निरास वनाईनेछैन् । केही नसोची ठुलो आत्मविश्वास र ईच्छाशक्ती लिएर हामीले उन्लाई भनेका थियौ हामी कुनै हालतमा पनि तपाईलाई न्याय दिलाएरै छाड्छौ ।

करिव दुई महिनाको लडाईमा आज गर्वको महशुस भएको छ । सायद नेपाली टेलिभिजनको ईतिहासमा कुनै कार्यक्रम निर्माण गरेर, रिपोट प्रशारण गरेर कसैको डुवेको ७१ लाख उठाईएको यो पहिलो घटना होला । बधाई दुर्गा तण्डुकार र उन्का परिवारलाई धन्यावाद स्वदेश र विदेशमा बसी हरपल हामीलाई साथ, सहयोग, हौसला र प्रेरणा दिने लाखौ लाख दर्शकहरुलाई । साथै धन्यावाद गौरवशाली ईतिहास बोकेको नेपाली सेनालाई जसले पीडितहरुलाई न्याय दिन अथक प्रयास ग¥यो ।

दुर्गा तण्डुकारले नगरकोटमा काम गरेको पैशा मात्र पाएका हुन् । दुर्गा तण्डुकार, रमेश श्रेष्ठ र माधव खतिवडाले छाउनीमा घर बनाउदा गरेको कामको ६० लाख रकम अझै पाएका छैन्न् । अव पुर्व जर्साव नरेश बस्नेत, पुर्व कर्नेल गोपाल भण्डारी र केही अन्य व्यक्तीहरुमा अनुरोध छ नेपाली सेनाको प्रतिष्ठामा आंच आउने गरि यसको मर्यादा नाघेर कसैले पनि एक पैसा हिनामिना गर्नुभएको छ भने सच्चिने अवसर नगुमाउनुहोस् ।

हामी राष्ट्रको गौरव नेपाली सेनालाई बदनाम गराउने जो कोहीको पनि निगरानी र फलोअप गरिरहेका छौ । अर्काे अंक प्रशारण गर्दा यसरी नै बांकी पीडितहरुले पैसा दिएको रिपोट प्रशारण गर्न पाईयोस र यो दशै सेनाका भवनहरु बनाउन आफ्नो नग्रा खिआएका सवै व्यक्तीहरुका लागि उल्लास मय बनोस ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖