निजगढमा कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा माओवादीलाई फापेन, माओवादी शून्य
धनकुटा खबर । सर्वाधिक चासो रहेको निजगढमा नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा माओवादीलाई फापेन । गठबन्धनबाट कांग्रेसले मेयरमा जितेका छन् । गठबन्धनको माओवादीले उपमेयर पनि पाएन । र, एउटा वडामा समेत जित हासिल गर्न सकेन । गठबन्धनबाट कांग्रेसबाट मेयर सुरेश खनालले ७ हजार ६ सय ४८ मत ल्याएर विजयी भए ।
गठबन्धनका माओवादी तर्फका उपमेयर उम्मेदवार बेनीबहादुर मोक्तानलाई एमालेकी लीला देवी लामिछानेले हराइन् । लामिछानेले ६ हजार ७ सय ७३ मत ल्याएर मोक्तानमाथि कब्जा जमाइन् । मोक्तानले ६ हजार ३ सय ७३ मत मात्र ल्याएपछि हार बेहोरे । उनले लामिछाने भन्दा ४ सय मत कम ल्याएपछि गठबन्धनबाट पराजय भोग्नु परेको हो ।
१३ वटा वडा रहेको निजगढमा कांग्रेसले मेयरसहित ५ वटा वडा कब्जा गरेको छ । गठबन्धनसित टकराव लिएका एमाले एक्लैले उपमेयरसहित ८ वटा वडामा जित हासिल गर्यो । माओवादीले भने शुन्य हात पारे ।
चुनाबको अघिल्लो रात मौन अबधीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रविराज दंगाललाई स्थानियले पर्चा सहित समातेका थिए भने उनी संगै माओवादी निकट पत्रकार महेश्वर अधिकारी पनि समातिए थिए ।


