६८ स्थानको नतिजा आऊदा कुन-कुन दलले कहाँ-कहाँ जिते ? हेर्नुहोस् बिबरण
काठमाडौँ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको जारी मतगणनाका क्रममा ६८ स्थानको नतिजा आउँदा कांग्रेसले दोब्बरको अग्रता बनाएको छ । सोमबार भएको निर्वाचनपछि भइरहेको मतगणनाका क्रममा नेपाली कांग्रेसले अहिलेसम्म २३ स्थानीय तहमा जित निकाल्दै अन्य दल भन्दा दोब्बर फराकिलो अग्रता बनाएको हो ।
दोस्रो नम्बरमा भने नेकपा माओवादी केन्द्र रहेको छ । जसले अहिलेसम्म १३ स्थान जितेको छ । तेस्रो नम्बरमा संघीय समाजवादी फोरम नेपाल रहेको छ । फोरमले अहिलेसम्म १० वटा स्थानीय तहमा जित निकालेको छ । नौवटा स्थानीय तहमा जित निकाल्दै राष्ट्रिय जनता पार्टी नेपाल चौथो स्थानमा रहेको छ ।
देशको दोस्रो ठुलो शक्ति नेकपा एमाले भने ९ वटा स्थानमा मात्रै जित दर्ता गराउँदै पाँचौ स्थानमा खुम्चिन बाध्य भएको छ । अन्य दुईवटा प्रदेशमा पहिलो बन्न सफल नेकपा एमाले अहिलेसम्मको परिणाममा पाँचौ स्थानमा खुम्चिन बाध्य भएको हो ।
त्यसैगरी विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपालले अहिलेसम्म दुई स्थानमा मात्रै जित निकाल्न सफल भएको छ । अर्कातिर हरिचरण शाह नेतृत्वको नेपाली जनता दलले पनि एक स्थानमा जित दर्ता गराएको छ । जनता समाचारद्वारा तयार गरिएको यो सूची हेर्नुहोस्



