माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै सुखीपुरमा एमाले विजयी

लहान । नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा (एमाले)ले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ ।

केहीबेरअघि सम्पन्न मतगणनानुसार प्रमुखमा रामअवतार यादव र उपप्रमुखमा रेणुदेवी साह विजयी भएका हुन्। यादवले छ हजार १११ र उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका लक्ष्मण चौधरीले चार हजार १८६ मत प्राप्त गरे।

यस्तै उपप्रमुखमा एमालेकै साहले छ हजार ८६ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीपनारायण यादवले तीन हजार ३५४ मत प्राप्त गरे। यससँगै एमालेले सिरहाको तीन स्थानीय तहमा विजयी हासिल गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।