२ पूर्व सांसद्लाई हराउँदै २८ वर्षीय युवा बने मेयर !
काठमाडौं । पर्साको पोखरीया नगरपालिकामा पूर्व २ सांसद्लाई हराउँदै जनता दलका युवा उम्मेदवार बनेका दीपनारायण रौनियार विजयी भएको छ । रौनियारले नेपाली काँग्रेसका रामेश्वर रौनियार र सङ्घीय समाजवादी फोरमका पूर्व सांसद प्रधुम्न चौहानलाई हराउँदै मेयर पदमा विजयी भएको हो ।

जनता दलका रौनियारले ३०२६ मता पाएर विजयी प्राप्त गरेका छन् । भने , उनले निकटतम प्रतिद्वन्दी पूर्व सभासद् सङ्घीय फोरमका प्रधुम्न चौहानले दोस्रो मत २७६७ र काँग्रेसका रामेश्वर रौनियारले तेस्रो मत १६६३ प्राप्त गरेका छन् । नेपाली सङ्घीय समाजवादी पार्टीका उपाध्यक्ष राजकुमार यादवको पकड रहेको ठाउँमा रौनियरले चक्र छाप लिएर चुनाव लडेका थिए ।
यसै गरी उपमेयरमा सङ्घीय फोरमकी सलमा खातुन विजयी भएकी छन् । खातुन पत्रकार पनि हुन् । उनले २७०४ मत प्राप्त गरी आफ्नो प्रतिद्वन्दी जनता दलकी विणा देवीलाई पराजित गरेकी हुन् । उनले २४९५ मत प्राप्त गरिन् ।


