बाहिरियो १०६ स्थानको नतिजा !, कस्ले कति स्थान जिते ? यस्तो छ पछिल्लो अपडेट
काठमाडौं । दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। १३६ स्थानीय तहमध्ये १०६ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ भने दोस्रो स्थानसंघीय समाजवादी फोरम तेस्रोमा माओवादी केन्द्र र चाैथाेमा राष्ट्रिय जनता पार्टी नेपाल रहेकाका छन् । नेकपा एमाले पाँचौ स्थानमा रहेकाे छ ।
नेपाली कांग्रेसले ३२ स्थानीय तहमा बिजयी भएको छ । संघीय समाजवादी फाेरम २०,माओवादी १९, राजपा १८, एमाले १२ र लोकतान्त्रिक फोरमले ३ स्थानमा विजयी भएका छन् ।
कांग्रेसको ८ ठाउँमा अग्रता छ । समाजवादी फोरम ३, माओवादी २, राजपा ८, एमाले ६ स्थानमा अगाडि छ भने लाेकतान्ञीक फोरम २ स्थानमा अगाडि रहेको छ । अन्य दल ३ स्थानमा विजयी भएका छन् ।


