राष्ट्र निर्माणका लागि एमाले सबैसँग मिलेर अघि बढ्न तयार : गोपाल गुरागाई
धनकुटा खबर । नेकपा एमाले धनकुटानगरपालिका १ हिलेले दशै तिहार तथा विभिन्न चाड पर्वको अवसरमा सुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमा सम्पन्न गरेको छ । नेकपा एमाले धनकुटानगरपालिका १ हिले का वडाकमिटि का सभापति कमल थिङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहाकार समितिका सदस्य गोपाल गुरागाईले दशै तिहार जस्तो चाडपर्वहरुले नेपालीहरु वीच भावनात्मक एकताको विकास गर्ने वताउनुभयो ।
गुरागाईले राष्ट्र निर्माणका लागि नेकपा एमाले सवैसँग मिलेर अघिवढ्न तयार रहेको भन्दै अन्य सवै दलहरु एकतावद्ध भएर अघि वढ्न आवश्यक रहेको धारणा राख्नुभयो । त्यस्तै वडाध्यक्ष निरन तामाङले सडक, पूर्वाधार निर्माण खानेपानी पर्यटन विकास लगायत विकास निर्माणका कार्यहरु तिव्र रुपमा अगाडी वढाईरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा पार्टीका वडाकमिटीका संस्थापक कृष्ण वहादुर थापा, जिल्ला सदस्यहरु लालचन्द्र गोम्वा,वीर वहादुर तितुङ,होटल एशोसिएसनका अध्यक्ष खगेन्द्र विष्ट लगायतकाले शूभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नगरकमिटी सदस्य कल्पना थापा,फुलमाया विक, सिंह तितुङ,नेपाल मगर संघ लोकतान्त्रिक मञ्चका अध्यक्ष गणेश पीठाकोटे विक टोल वस्ति संगठनका अध्यक्ष मान वहादुर विक,व्यवसायी लाख मान घिसिङ,चन्द्र प्राविका प्रधानाध्यापक लक्ष्मी शर्मा यातायात व्यवसायी वेद वहादुर राना, वडा कमिटी सदस्य भीम मल्ल लगायत विभिन्न संघ संस्थाका प्रतिनीधि र पार्टीका सदस्यको उपस्थिती थियो । स्वागत मन्तव्य कल्पना लिम्वुले राख्नुभएको थियो भने सञ्चालन ईन्द्र थापाले गर्नुभएको थियो ।


