जेट एयरलाईन्सले पार्यो नेपालीलाई ४८ घण्टा अलपत्र, गायिका निक्कीमाथि भएको यौन दुर्व्यवहारका आरोपी सुशिल नेपालले यस्तो भनेपछि…
डाक्टरहरुले लापरवाही गरेको खण्डमा दिइने सजाय सम्बन्धी कानुनलाई लिएर देशमा डाक्टरहरु आन्दोलनरत छन् । उनिहरुले आकस्मीक बाहेकका सम्पुर्ण सेवा बन्द गरेका छन् । यसलाई लिएर मिश्रीत प्रतिक्रीयाहरु आइरहेको सन्दर्भमा केही कुरा भन्न चाहान्छौँ । अब त प्रत्येक दिन जसो अस्पतालमा विरामीको मुत्यु र कारण डाक्टरको लापरवाही भनेजस्ता समाचार आइरहेका छन् । यति रफ्तारमा यस्ता घटना भैरहनुले एउटा दुखद वातावरणको संकेत गरिरहेको छ ।
दक्ष, योग्य टोलीले छानबिन गरी लापरवाही गरेको ठहरीएको केश वेग्लै होला तर आजभोली मान्छेको मृत्यु हुने वित्तीकै लापरवाहीको ट्याग लगाइदिने र तोडफोड शुरु गरी हाल्ने, उस्तै परे डाक्टहरुलाई हातपात समेत गर्ने प्रवृती मौलाएको छ । कता लैजाँदै छौँ यो समाजलाई हामी । विरामी मर्ने वित्तिकै लापरवाही भनेर अस्पताल तोडफोड नाराजुलुस र पैसाको बार्गेनिङ प्रत्येक दिन गरिरहने हो भने कुन डाक्टरले सिरियस विरामी हेर्लान ?
देशमा केही नक्कली डाक्टरपनि देखीए र केही डाक्टर र अस्पताल लापरवाही पनि गर्छन । तर छातीमा हात राखेर भन्नुहोस कुनै डाक्टरले जानजान बिरामीलाई मारेर पाउछ चाही के ? मिसावट गर्दा व्यापारीलाई फाइदा होला, ठेकेदारसँग मिलेर कमसल सामान वा कम सामान प्रयोग गर्दा इञ्नियरलाई फाइदा होला, एउटा सही गरीदिए धेरैले कमिशन पाउलान तर बिरामी मारेर डाक्टरले के पाउला भनेर मैले चाही सोच्न सकीन ।
अर्को कुरा एउटा यस्तो गिरोह सक्रिय छ जो कसैको मृत्यु हुनासाथ आफ्नतलाई भड्काएर तोडफडमा उत्रिन्छ र पैसाको बार्गेनिङ गरी थोरै विरामीको आफ्नतलाई दिन्छ र धेरै आफै कुम्ल्याउँछ । लापरवाही नै हो भनेर ठोकुवा गर्ने कसले् ? उत्तेजीत भिडले, पिडामा परेका बिरामीका आफ्नतले वा मेडीकल क्षेत्रका दिग्गज विज्ञहरुले ।
कहिलेकाँही हामी पनि उत्तेजीत भएर रिर्पोट प्रशारण गर्छौ तर ठोकुवा गरेर डाक्टरकै नियतमा प्रश्न गर्ने छुट कसैलाई छैन । चाहे जे सुकै, होस अस्पताल वरपर हुलदंगा हुँदा बाँकी विरामीको जीवन जोखीममा हुन्छ । चिकित्सकहरुको जायज माग पुरा होस ।
४८ घण्टासम्म जेट एयरलाईन्सले पार्यो सयौ नेपालीलाई अलपत्र । गायिका निक्कीमाथि भएको यौन दुर्व्यवहारका आरोपी सुशिल नेपालले यस्तो भनेपछि ! – एपिसोड १२३ – हेर्नुस भिडियो


