जनकपुर उपमहानगर २ मा एमाले वडाध्यक्षसहित पूरै प्यानलै विजयी

जनकपुर । जनकपुर उपमहानगरपालिकाका २ वटा वडामा एमालेले वडाध्यक्षसहित पूरै प्यानल जितेको छ । जनकपुर उमनपा वडा नम्बर २१ मा नेकपा एमाले का उम्मेदवार रामेश्वर महासेठ सहित सम्पूर्ण प्यानलसहित निर्वाचित भएका छन् ।

यसअघि जनकपुर उमनपा वडा नम्बर १३ को वडाध्यक्षमा एमालेबाट शुभनारायण मण्डल प्यानलसहित बिजयी भएका छन् । २ वडा वडाको बिजयसँगै जनकपुर उमनपामा एमालेको उपस्थिति देखिएको छ ।

धनुषा जिल्लाका स्थानीय तहमा एमालेले मनपरी टिकट बितरण गर्दा पनि बटेश्वर, मुखियापट्टि मुसहरनियाँ, बटेश्वर, मिथिया नगरपालिकामा एमालेले चुनाव जितेको छ । एमाले नेता शत्रुघन महतोले आफ्नो क्षेत्रका स्थानीय तहमा निकै मेहनत गरेर जिताउन सफल भएका छन् । तर टिकट बितरणमा मनपरी गरेको आरोप लागेका एमाले नेता रघुवीर महासेठले धनुषाका स्थानीय तह जिताउन सकेनन् ।

जनकपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन् । जनकपुर उमनपासहित प्रदेश नम्बर २ बाट एमालेलाई सिध्याउने कुतर्क गरेका कांग्रेस नेता विमलेन्द्र निधि आफ्नै गृहजिल्ला धनुषाको उपमहानगरमा आधा भन्दा बढी मतले पराजित भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।