बीरगंज महानगरमा एमालेको अर्को बिजय
बीरगंज, ८ असोज । बीरगन्ज महानगरपालिका वडा न ८ मा नेकपा एमालेका राजकिशोर गुप्ता ६७३ मत ल्याइ बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी राजापाका राजेन्द्रप्रसाद श्रेष्ठले ४ सय मत प्राप्त गरेका छन् ।
यसअघि बीरगंजका ३० र २८ वडामा पनि एमालेले पूरै प्यानल जितिसकेको छ ।


