प्रदेश नम्बर २ को मतगणना नसकिदै राजपालाई झट्का ! राजपाका सहमहामन्त्री लगायत दर्जनौंलाई ओलीले गराए एमाले प्रवेश !

काठमाडौं । राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेका प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइतवार केन्द्रीय कार्यालयमै बेग आफ्ना सहयोगीसहित एमाले प्रवेश गरेका हुन् ।

कपिलबस्तु निवासी बेगलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । ओलीले मधेशमा एमालेको मत नघटेको तर सत्तापक्षको धाँधली र चार पार्टीको घोषित अघोषित गठबन्धनका कारण केही ठाउँमा प्राबिधिक रुपमा हारिएको बताए ।

ओलीले जनमतका हिसाबले मधेशमा एमालेको मत बढेको दावी गरे । उनले धेरै जनसंख्या रहेका नगरपालिकाहरुमा एमालेले जितेकाले गाउँपालिका जितेको संख्या जोडेर अरु पार्टी ठूला भएको दावी टिप्पणी गरे ।

२ नम्बर प्रदेशको चुनाव परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको भन्दै ओलीले समग्र देशमा एमाले ठूलो पार्टी भइसकेको बताए । उनले मधेशमा अझै मेहनत गर्ने र धेरै नेता कार्यकर्तालाई प्रवेश गराउने योजना सुनाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।