नायिका वर्षा राउतका पिता सुरेश राउत पराजित
बर्दिवासमा माओवादी केन्द्र विजयी
महोत्तरीको बर्दिवास नगरपालिकाको मतगणना सम्पन्न भएको छ । यहाँ मेयर र उपमेयर माओवादी केन्द्रले जितेको छ । एमालेबाट चुनाव लडेका नायिका वर्षा राउतका पिता सुरेश राउत भने पराजित भएका छन् ।

बर्दिवासको मेयरमा माओवादी केन्द्रका विदुरकुमार कार्की ९ हजार १८७ मत प्राप्त गरी विजयी भए । निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रल्हाद क्षेत्रीले ८ हजार १७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए ।
त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै कृष्णकुमारी गौतमले ८ हजार ८३५ मत प्राप्त गरी विजयी भइन् । निकटतम प्रतिद्वन्दी काँग्रसकी तारादेवी महतोले ७ हजार २३ मत प्राप्त गरिन् ।


