‘म अब एमाले छोडेर कतै जान्न’ : कोमल वली

गायिका कोमल वलीले नेपाल राष्ट्र, नेपाली जनताको हित र समृद्धिसँगै महिलाको पक्षमा लड्ने एक मात्र पार्टी नेकपा एमाले भएकाले आफू राप्रपाको केन्द्रीय सदस्य र पार्टी नै त्यागेर एमाले रोजेको बताएकी छन्।

नेकपा एमाले दाङ सोमबार घोराहीमा आयोजना गरेको ‘नवप्रवेशीको स्वागत तथा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

आफू विगतदेखि नै राष्ट्रवादी शक्तिको पक्षमा रहेको भन्दै उनले केही समय राप्रपामा रहेपनि अहिले एमालेमा आएको बताईन्। उनले एमाले राष्ट्रवादी शक्तिको साझा घर भएको बताएकी छन्।

‘एमाले नेपालको राजनीतिक पार्टी मात्र नभएर नेपाल र नेपाली जनताको रक्षा गर्ने साझा घर समेत भएकाले म राप्रपा यहि छाडेर साझा घरमा प्रवेश गरेकी हुँ,’उनले भनिन्, ‘यो घर छोडेर अब म कतै जान्न।’

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य कोमल वली, बलिभद्र राना,राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य यामेन्द्र वली,नयाँ शक्ति नेपाली केन्द्रीय सदस्य निर्मला विक,राष्ट्रिय जनशक्ति पार्टीका केन्द्रीय सदस्य कमला देउजा, काँग्रेस नेता खुमबहादुर खड्काका भतिजा डिल्लीबहादुर खड्का,दाङ निर्माण व्यवसायी संघका पूर्व महासचिव विकास पुन,राप्रपाका नेताहरु मानबहादुर गोल्डस्थीत,बलिभद्र वलीलगायतका व्यक्तिहरू १५ विभिन्न पार्टीहरू परित्याग गरि एमालेमा प्रवेश गरेको एमालले जनाएको छ। नव प्रवेशी मध्ये विकास पुनको छविभने दाङमा गुन्डा नाईकोको रुपमा परिचित रहँदै आएको छ।

नवप्रवेशीहरूलाई स्वागत गर्न एमाले अध्यक्ष केपी ओली आउने भनिएपनि उनी भने दाङ आएनन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।