पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने,- प्रदेश नं. २ मा धाँधली गरेर एमालेलाई हराइयो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा सरकारले धाँधली गरेर एमालेलाई हराएको आरोप लगाएका छन् ।

नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर १५ इकाई कमिटीले बुधबार गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा एमालेलाई प्रवेशै हुन नदिने ढंगले सरकारले धाँधली गरेको बताए ।

पहिलो र दोस्रो चरणमा पहिलो पार्टीको रुपमा आफूलाई जनतामाझ स्थापित गराउन सफल भएको एमालेलाई तेश्रो चरण अन्र्तगत दुई नम्बर प्रदेशमा भएको स्थानीय तहको निर्वाचनमा प्रवेशै हुन नदिने षडयन्त्र सरकारले गरेको उनको भनाइ छ ।

आफ्ना उम्मेदबारको घर घरमा बम विष्फोट गराउने, धम्क्याउने लगायतका काम भएपनि एमालेलाई दुई नम्बर क्षेत्रबाट बढार्ने षडयन्त्रलाई पार्टी संगठनले असफल बनाएको दाबी खनालले गरे ।

उनले सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले गरेको षडयन्त्र र धाँधलीको बाबजुत पनि एमालेले सिट संख्याको आधारमा पाँचौ र मतका आधारमा दोश्रो स्थान हासिल गर्न सफल भएको उल्लेख गरे ।

नेता खनालले संविधान र आचारसंहिताको उल्लंघन गर्दै सरकारले जम्बो मन्त्रीमण्डल बनाएको आरोप पनि लगाए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।