माओवादी केन्द्रद्वारा उम्मेदवार सिफारिस

नेकपा माओवादी केन्द्र कास्कीले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा पूर्वमन्त्री एवं प्रदेश नं ४ का इञ्चार्ज देवप्रसाद गुरुङ, क्षेत्र नं २ मा राजकाजी गुरुङ र क्षेत्र नं ३ मा रामजी बराललाई सिफारिस गरिएको पार्टीका जिल्ला नेता लालमोहन तिवारीले जानकारी दिए ।

त्यस्तै प्रदेश सभामा क्षेत्र नं १ मा झलकपाणि तिवारी र क्षेत्र नं ३ मा गंगा पोखरेलको नाम सिफारिस गरिएको छ । बाँकी क्षेत्रको नाम भने आज (बुधबार) टुंगो लगाएर सिफारिस गरिने तिवारीले बताए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।