१ नम्बर प्रदेश मा तीनै दलका शीर्ष नेता बीच मुख्य मन्त्रीका लागि लबिङ शुरु !

प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा यतिबेला राजनीतिक बृत्तमा मुख्यमन्त्रीको चर्चा सुरु भएको छ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले मुख्य मन्त्रीको सम्भावित उम्मेदवारको नाम लिस्ट तयार पारिसकेका छन् ।

प्राप्त सूचनाअनुसार प्रदेश नम्बर एकबाट कांग्रेसमा मीन विश्वकर्मा, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, डिला संग्रौला, अशोक कोइराला, बलबहादुर केसीलगायतको नाम चर्चामा छ । यीमध्ये कुनै एकजना मुख्यमन्त्रीको उम्मेदवार बन्नेछन् । त्यसका लागि सबैले लबिङ थासलसकेका छन् ।

त्यस्तै एमालेमा योगेश भट्टराई, भीम आचार्य, लालबाबु पण्डित र शेरधन राईको नाम चर्चामा छ । योगेश भट्टराईबाहेक अन्य सबै मन्त्रीसमेत भइसकेका छन् । तर, मुख्यमन्त्रीकै लागि योगेश काठमाडौंको मेयरमा नलडेको र पछिल्लो समय ओलीको विश्वास पात्र भएकाले उनको सम्भावना बढी देखिन्छ । सबैले आ–आफ्नै तवरले मुख्य मन्त्रीका लागि लबिङ शुरु गरिसकेका छन् ।

माओवादी केन्द्रबाट भने प्रदेश नम्बर एकमा गोपाल किराती मुख्य मन्त्रीका एक्ला उम्मेदवार हुन् । सो प्रदेशमा किरातीको राम्रो पकड रहेकाले उनलाई माओवादीले अघि सारेको हो । हालसम्म उनको विकल्प नदेखिए पनि आकांक्षी भने धेरै छन् । तर, किरातीले छाड्न नचाएको खण्डमा पार्टी अध्यक्ष प्रचण्डले उनको विकल्प नखोज्ने प्रष्ट छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।