वीरगन्ज मनपाको प्रमुखमा फोरम र उपप्रमुखमा काँग्रेस विजयी

पर्सा । वीरगन्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

आज अपराह्न सम्पन्न भएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रमुख पदमा फोरमका उम्मेदवार विजय कुमार सरावगी १९ हजार ३९३ मत हासिल गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अजय कुमार द्विवेदीले १७ हजार १९७ मत हासिल गरेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो ।

महानगरपालिकाको उपप्रमुखमा काँग्रेसका शान्ति कार्की १९ हजार ६०७ मत हासिल गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरमका पिन्की यादवले १८ हजार ५३० मत हासिल गरेका छन् ।

वीरगन्ज महानगरपालिकाको ३२ वडामध्ये फोरम १२, काँग्रेस १०, नेकपा एमाले ५, राजपा नेपाल ३, नेकपा माओवादी केन्द्र र फोरम लोकतान्त्रिक १÷१ स्थानमा वडा अध्यक्षमा निर्वाचत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तह तेस्रो चरण निर्वाचनका लागि असोज २ गते भएको मतदानमा वीरगन्ज महानगरपालिकामा ८४ हजार १६० मत खसेको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖