५० वर्षमा हुन नसकेको विकास आफ्नो कार्यकालको ५ वर्षमै गर्छु भन्दै वीरगन्जका मेयरले खुलाए यस्ता मुद्दा

वीरगन्ज । वीरगञ्ज जसलाई नेपालकै आर्थिक नगरी भनिन्छ । यही आर्थिक नगरीलाई थप सम्पन्न बनाउने जिम्मा विजय सरावगीको हातमा आएको छ ।

उनी बुधबार सकिएको तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढी चासो रहेको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट १९ हजार ३ सय ९३ मत ल्याएर विजयी भएका थिए । वीरगञ्जलाई नेपाली कांग्रेसको गढ मानिदै आएको छ । कांग्रेसको यो गढलाई पहिलोपटक फोरमले कब्जा जमाएको हो ।

मेयरमा निर्वाचित विजय सरावगी वीरगंजको व्यापारिक घरानाका सन्तान हुन् । अलखियामठमा पुस्तैनी घर भएका सरावगी परिवारका सदस्य विजयका वुवा चिरञ्जीवि पुरानो व्यवसायी मात्रै नभएर वीरगञ्ज उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष पनि हुन् । बुवासँगै रहेर व्यापार व्यवसायको काम गरेकोले उद्योग व्यवसाय र व्यापारीसँग विजयको परिचय राम्रो रह्यो ।

उनले आफुले वीरगञ्ज जस्तो आर्थिक नगरीका जनताले मत दिएर जिताएपछि निक्कै खुसी बने । उनी खुसी मात्रै बनेनन्, वीरगञ्जलाई थप सम्पन्न र विकास गर्न यसरी आफ्ना एजेण्डा प्रस्तुत पनि गरे ।

यी हुन् उनका मुद्दा

वीरगन्ज महानगरको मेयरमा यो विजय सरावगीको विजय होइन महानगरमा रहेका चार लाख नगरवासीको जित हो । मेयरमा निर्वाचित भएपछि मेरा मुद्धाहरु यी रहने छन् ।

१, वीरगन्जमा विगत ५० वर्षमा हुन नसकेको विकास म मेरो कार्यकालको ५ वर्षमै गर्छु ।
२, अबको तीन महिनामा अव्यवस्थित नाला, सडक र फोहोरको व्यवस्थापन गरेर वीरगन्जलाई व्यवस्थित, समृद्ध र मुलुककै सर्वोत्कृष्ट महानगर बनाउँछु ।
३, वीरगन्ज महानगरमा रहेका सबै सामुदायिक विद्यालयहरुमा आउने शैक्षिक सत्र देखि अंग्रेजी माध्यममा पठनपाठन हुने व्यवस्था गरेर बोर्डिङ स्कुल सरहको गुणस्तरीय शिक्षा प्रदान गर्नेछु ।
४, वीरगन्ज महानगरका हरेक गृहणीलाई घरमै रोजगारी दिनेछु ।
५, नारायणी उपक्षेत्रीय अस्पतालमा १२ सय शैया सन्चालन गर्दै क्षेत्रीय अस्पताल र शिक्षण अस्पतालको रुपमा स्तरोन्नत्ती गर्नेछु ।
६, वीरगन्ज महानगरपालिका कार्यालयमा भोजपुरी भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागु गर्नेछु ।
७, वीरगन्ज महानगरमा बेरोजगारीको समस्या निर्मुल पार्नेछु ।
८, वीरगन्ज महानगरमा रहेका सार्वजनिक जग्गा, भौतिक संरचनाहरु जुन विभिन्न व्याक्ति र संघसंस्थाको कब्जामा छन्, ती सबै जग्गा र सम्पति जनताको नासो रहेकाले जनतको नासो जनताकै हातमा फिर्ता गर्न लगाउने छु ।
९, वीरगन्जमा वीरगन्ज विश्वविद्यालय स्थापना गर्नेछु ।
१०, वीरगन्ज महानगरलाइ लोडसेडिङ मुक्त बनाउने छु ।
११, मेयरको रुपमा वीरगन्ज महानगरपालिका कार्यालयबाट गाडी, तलब भत्ता जस्ता कुनै पनि सुविधा लिनेछैन ।
बाँकी मेरा मुद्दा र एजेण्डाहरु मेरो चुनावी घोषाापत्रमा छन्, ती सबै मेरा प्रतिवद्धता मेरा लागि प्राथमिकतामा रहनेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।