चीन ले बनायो ट्रयाक बिना सडकमै कुद्ने रेल (भिडियो सहित)
चीनले ट्रयाकबिना सडकमै कुद्ने रेल बनाएको छ । चीनको हुनान प्रान्तमा यसको परीक्षण पनि गरिएको छ । चिनियाँ रेल निर्माता कम्पनीले सिआरआरसी जुजौ लोकोमेटिभले बनाएको उक्त रेल विद्युतीय हो । रेलमा सेन्सर जोडिएको हुन्छ । यो रेल बसजस्तै सडकमा गुड्छ । ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन् । यसको लम्बाई ३० मिटर छ । रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ । निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन् । भिडियो हेर्नुहोस


