‘जनताको सपना लुछिलुछी देशलाई तहसनहस गर्नुस’ भन्दै राष्ट्रघाती नेताहरुलाई रबिले दिए दशैँको यस्तो शुभकामना – भिडियो हेर्नुहोस्

साउदी जेलमा २८ नेपालीको दु:खद दशै, आयुक्तहरुलाई साढे २ करोडको गाडी किन ?

नेपाल सरकारको कुनै पनि यस्तो संस्था छैन जो भ्रष्टाचार नमुछिएको होस् । देशको परिवर्तनको लागि यस्तो युद्ध भयो , यत्रो क्रान्ति गरेर देशमा परिवर्तन भनिएको गर्व गरे पनि देशको यस्तो स्थति देखेर बिश्वको सामु नेपाल र नेपालीको शिर लज्जाले सधै निहुरिएको छ र नेपालको यो हालतलाई देखेर विश्वनै अचम्मित भएको छ ।

यो देशमा कुनै एक नेता छैन जसको प्रसंसा गर्न सकियोस । नेताहरूले चाहेर हो या नचाहेर यो देशलाई सम्बृद्ध बनाउन कोसिस नै गरेनन । यत्रो मान्छेहरु मारेर आएको परिवर्तन के को लागि ? जनताको भावना बुझेका भनिएकाहरुले देशको शासनको बागडोर समाह्ल्दा पनि यो देशको हालत यस्तो भए पछि अब के गर्ने विकल्प के होला भन्दै रविले प्रति प्रश्न गरे ।

”तपाईहरुकै शब्दमा महान युद्ध र वृहत शान्ति सम्झौता भएको देशको युवालाई बेचेर प्राप्त रेमिटेन्सले अष्टमीको मार हान्नु भयो होला , मनाउनु भयो होला तर तपाई नेताहरुको राजनैतिक झुटो आश्वाशनले यो देशको युवाहरुको सपनाको गर्धन छिनायो एक पल्ट होइन बारम्बार । जनताको सपनाको भाग लगाएर लुछिलुछि खानु होला दशैँ शुभकामना” भन्दै रविले देशका नेताहरुलाई दिए शुभकामना ।

सिधाकुरा जनतासंगको १२५ औ भागको बिशेषताहरु :-

निर्वाचन आयोग कस्तो संबैधानिक निकायले सिधै यसरी ढाँटेपछि रविको टिमले सबै निर्वाचन आयुक्तहरुलाई यसरी तिरिखिरी पारे ।

हेर्दा हत्या जस्तो देखिएको एउटा लाश पानी टंकीमा भेटिएको छ तर पोस्टमार्टम चै आत्महत्या भएको रिपोर्ट आएको छ ।

८ बर्ष देखि कतारमा बेपता श्रीमान नवराजलाई सिन्धुपाल्चोककि कल्पना सुनारले दिएको हृदय विदारक संदेशले सबैलाई रुवायो । ऋणसंग नडराउन र सम्पर्कमा आउन कल्पनाको आग्रह ।

साउदीमा अलपत्र नेपालीहरु बारे नेपाली दुतवासले कुनै वास्ता नगरे पछि रविले देखाए यस्तो मार्मिक भिडियो

हेर्नुस आजको बेजोड भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।