दशैंको शुभकामना सहित रन्जु दर्शनाको एक महत्वपूर्ण अनुरोध (भिडियो हेर्नुहोस्)

रन्जु दर्शना लेख्छिन,- विकल्पको रुपमा विश्वास गरी हामीलाई भोट गर्नु भएको, यसपाली भोट गर्न नपाउनु भएको, नगर्नु भएको, अर्को पालि हामीलाई नै भोट गर्न तैयार रहनु भएको, हामीलाई बेलाबखत झकझकाउने, हामीलाई धेरै माया गर्ने, चुनाबको दौरान स्वयम सेवक बन्नु भएको, हाम्रो सदस्यहरु लगायत सबै नेपाली आमा-बुवा, दाजु भाई दिदी बहिनी लाई विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।

हाम्रो सम्बन्ध चुनाब दौरान मात्र होइन, चुनाब पछि पनि सधैँको लागि हो भनेर मैले भन्दा यहाँहरुले पनि पक्कै हो भन्नु भएको कुरा फेरी सम्झाउँछु।
===
काठमाडौं लगायत मुख्य शहरहरुमा फोहोरको समस्या व्यपाक छ। हाल काठमाडौं महानगरपालिकाले सडक छेउ थुप्रिएका उठाउनका लागि ७०० जनालाई ५०% बोनस सहित १५ महिने तलब प्रदान गरेर खटाएको छ । फोहोरको समस्या महानगरपालिकाले उठाएर मात्र समाधान हुँदैन। यसको दिर्घकालीन रूपले समाधान गर्न आवश्यक छ। यहि अन्तर्गत रहेर यो सँग सम्बन्धित पहिलो भिडियो रेकर्ड गरेकि हुँ। सर्वप्रथम आफ्नो घरमा कुहिने र नकुहिने फोहोर छुट्टाएर राख्न थालौं। यो सँगै फोहोर लिने गाडी नआएको खण्डमा सडकमा फोहोर नफालौं, आफ्नै घरको एक कुनामा व्यवस्थित ढङ्गले राखौं। हाम्रो शहरको सुन्दरतालाई कायम राख्न अघि बढौं।

हुन त एक कम्पनीलाई का. म. पा को फोहोर व्यवस्थापनको ठेक्का तोकीइसकेको छ, तर आधिकारिक रूपले कार्य सञ्चालन गर्न केहि प्रक्रिया बाँकी छन्। यस विषयमा फेरी तपाईहरुलाई जानकारी दिनेछु।

हेर्नुहोस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।