संघीय र प्रदेशिक संसदको चुनावमा पनि ठूलो पार्टी बनाउन एमाले ले गर्यो यस्तो निर्णय

एमाले स्थायी समितिले आफ्नो पार्टीलाई निषेध गरेर प्रदेश नम्बर २ मा गरिएको चुनावको समग्र प्रतिनिधित्वमा एमालेले दोस्रो स्थान हासिल गरेको भन्दै सकारात्मक रुपमा लिएको छ । प्रदेश २ को स्थानीय चुनावको समीक्षा गर्दै एमालेले सत्तापक्षको, साम दाम दण्ड भेद र घेराबन्दीका वावजुद पनि उक्त प्रदेशमा दोस्रो मत प्राप्त गरेकोमा सन्तोष ब्यक्त गरेको हो ।

संघीय र प्रदेशिक संसदको चुनाव तयारी र प्रदेश नम्बर २ को चुनावी समीक्षाका लागि एमाले स्थायी समितिको बैठक आइतबार बसेको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीलाई सवैभन्दा ठूलो बनाउने गरि लाग्न पार्टीका सम्पूर्ण संयन्त्रलाई परिचालित हुन आग्रह गरेको छ ।

एमाले स्थायी समितिको बैठकले स्थानीय तहमा सवैभन्दा ठूलो दल बनाएर नागरिकले एमालेप्रतिको भरोसा ब्यक्त गरेको निष्कर्ष निकालेको छ । । ‘स्थानीय तहनिर्वाचनको सबै नतिजा आइसकेको छ, नागरिकले एमालेमाथि भरोसा गरी सबैभन्दा ठूलो पार्टी बनाएका छन्’ बैठकलाई उद्धृत गर्दै केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भन्नुभयो, ‘अव प्रदेश र प्रतिनिधिसभाको चुनावबाट पनि पहिलो दल बन्ने गरि तयारी थाल्न सवै तहका नेता कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको छ ।’

प्रदेश नम्बर २ मा भएको तेश्रो चरणको चुनावमा एमालेलाई प्रवेश निषेध भनेर प्रचार गर्दा पनि समग्र सिट सख्याको आधारमा एमाले दोश्रो स्थानमा रहनु सुखद भएको निष्कर्ष बैठकले निकालेको उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहको परिणामले नागरिकको भरोसा एमालेप्रति रहेको पुष्टि भएकाले प्रदेश र स्थानीय तहमा पनि एमाले नै पहिलो दल बन्ने देखिएकाले विवाद र गुट उपगुटको राजनीति त्यागेर एकढिक्का भएर चुनावमा लाग्नुपर्नेमा नेताहरुले जोड दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।