एमाले ले अरु दलसँग तालमेल गर्ने
काठमाडौं, असोज १५ । नेकपा एमालेले आउँदो मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अरु राजनीतिक दलसँग तालमेल गर्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको स्थायी कमिटी सदस्यको बैठकले सकेसम्म वामपन्थी दलहरुसँग तालमेल र सहकार्य गर्ने निर्णय गरेको हो । सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग भने तालमेल गर्ने भनिए पनि निर्णय भने भएको छैन ।
यसअघि, सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आउँदो मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरेको थियो । रासस


