राजपाले संघिय समाजवादी फोरमसँग तालमेल गर्ने

काठमाडौं, असोज १६ । राष्ट्रिय जनता पाटी नेपालले पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग तालमेल गर्ने निर्णय गरेको छ । राजपाले आउँदो निर्वाचनमा संघीय समाजवादी फोरमसंग चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको हो ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणामको समिक्षा गर्दै राजपा नेपालले प्रदेश नम्बर दुईको स्थानीय निर्वाचनमा दोस्रो स्थान हासिल गरेको संघीय समाजवादी फोरमलाई पहिलो प्राथमिकतामा राख्दै अन्य दलसंग तालमेल गरेर अघि बढ्ने निष्कर्षमा पुगेको छ । राजपा अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले दुइटै पक्षको बेठक बसेर तालमेलको रणनीति घोषणा गर्ने जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।