राजनीतिक समूह ‘सूर्य’ चिह्न लिएर निर्वाचनमा सहभागी हुने

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) र स्वतन्त्र राजनीतिक समूहका बीच आगामी निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुने सहमति भएको छ ।

स्वतन्त्र राजनीतिक समूहका नेता तथा कार्यकर्ता आगामी प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिह्न लिएर सहभागी हुनुहुनेछ, स्वतन्त्र समूह स्वतन्त्र पहिचानका साथ क्रियाशील हुनेछन्”, आज जारी विज्ञप्तिमा भनिएको छ, “ तराई–मधेशसमेतका जनतालाई शोषण, उत्पीडन, विभेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु साझा जिम्मेवारी हुनेछ ।”

विज्ञप्तिमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल तथा समूहका तर्फबाट राजपाका नेता हृदयेश त्रिपाठी (नवलपरासी), विके गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु) र जगदीश शुक्ला (बाँके) ले हस्ताक्षर गर्नुभएको छ ।

दुवै पक्ष संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकतानुसार संविधान परिमार्जन र विकास गर्दै जान, तराई–मधेशका साथै समग्र राष्ट्रमा आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न तथा सम्पूर्ण नेपालीको सुखी र समृद्धि जीवनका लागि सहकार्य गर्न सहमत भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।