ओलीलाई भेट्न बालकोट पुगे बाबुराम !
काठमाडौं, १६ असोज । राजपा नेताहरु एमालेमा प्रबेश गर्ने, एमाले र माओवादीबीच पार्टी एकीकरणको तयारी जस्ता विषयले राजनीतिमा तरंग ल्याइरहेका बेला अन्य पार्टीहरुले समेत एमालेसँग एकीकरण तथा तालमेलको प्रस्ताव राखेका छन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले समेत एमालेसँग सहयात्राबारे छलफल अघि बढाएका छन् । नयाँशक्तिका संयोजक डा.बाबुराम भट्टराई शनिबार एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
भेटमा पार्टी एकीकरण नभए आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा तालमेलबारे कुरा भएको स्रोत ले जनाएको छ । चुनाव नजिकिदै गर्दा पार्टी एकीकरण र तालमेलले राजनीति गर्माएको छ ।


