माओवादीलाई यहाँसम्म डोर्‍याउने कांग्रेस हो… : शसांक

नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री शसांक कोइरालाले देशलाई समृद्ध बनाउनका लागि सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकजुट भएर अगाडी बढ्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीद्वारा मंगलबार भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन कांग्रेसको मुख्य भुमिका रहेको दाबी गरे ।

नेपाली कांग्रेसको संगठन अलि तल खस्केको कारण माओवादीलाई सँगै लिएर जानु पर्ने बाध्यतात्मक परिस्थिति रहेको उनको भनाइ थियो ।

आगामी निर्वाचनमा बामपन्थी शक्तिबीच गठबन्धन गर्ने एमालेको निर्णयबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै कोइरालाले माओवादीलाई यहाँसम्म डोर्‍याउने काम कांग्रेसले गरेको र आगामी निर्वाचनमा कसरी जाने ? भन्ने विषयमा वार्ता भइरहेको जनाए ।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा कतिपय स्थानमा माओवादी केन्द्रसँग तालमेलपनि गरेको प्रसंग उनले उल्लेख गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖