एमाले, माओवादी र नयाँ शक्तिको संयुक्त भेला – हेर्नुहोस् लाईभ भिडियो
एमालेकै धारमा बाबुराम भट्टराई, सूर्य चिन्हबाट चुनाव लड्ने
काठमाडौं । तीन पार्टीको एकता पछि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सूर्य चिन्ह लिएर चुनाव लड्ने भएका छन् । नयाँ शक्ति पार्टी, एमाले र माओवादी केन्द्रको चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा सहभागी भएको छ ।
मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको थियो । लगतै एमाले अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग कुराकानी गरेका थिए । नेताहरुबीच एमाले, माओवादी र एमालेबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ ।
साथै नयाँ शक्तिले आगामी चुनावमा सूर्य चिन्हबाटै चुनाव लड्ने सहमति भएको छ । तर एमाले र माओवादीबीच भने चुनाव चिन्हबारे सहमति हुन बाँकी छ । सूर्य चिन्हबाट चुनाव लड्दा फरक दलको अस्तित्व नहुने भएपछि माओवादी तालमेल गरेर आफ्नै चुनाव चिन्ह हसिया हथौडा लिएर चुनावमा जाने योजनामा छ ।
नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर हुँदैछ । तीन पार्टीका शीर्ष नेताहरुले अहिले पत्रकार सम्मेलन गर्दैछन् । – हेर्नुहोस् लाईभ भिडियो
https://youtu.be/3pdmNJeMbvg


