कहाँबाट चुनाव लड्दैछन् ओली ?

झापा, १८ असोज । एमाले झापाले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि उम्मेदवार छनोट प्रक्रिया गरेको छ । पार्टी अध्यक्ष केपी ओलीलाई प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ को क्षेत्रीय कमिटीले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

स्थायी समितिले निर्धारण गरेको विधि, प्रक्रिया र मापदण्डअनुसार सोमबारबाटै प्रदेश सभा निर्वाचन समन्वय कमिटी र प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटीले सुझावसहित सिफारिस सुरु गरेको हो । झापाको पाँचवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि सम्बन्धित कमिटीको बैठकले जिल्लामा नाम सिफारिस गरिसकेका छन् ।

क्षेत्र नम्बर १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नम्बर २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नम्बर ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नम्बर ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नम्बर ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको एमाले झापाका सचिव मदन अधिकारीले बताए । प्रदेश सभाका उम्मेदवार पनि बुधबारसम्ममा सर्वसम्मत सिफारिस गर्ने तयारी रहेको उनले जानकारी दिए ।

१० वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ (क) र (ख)का लागि डिल्लीराम घिमिरे, असारु राजवंशी, विष्णु प्रसाईं, नीलकण्ठ तिवारी, शारदा शर्मा, अर्जुन पौडेललगायतको नाम चर्चामा छ । यस्तै, क्षेत्र नम्बर २ (क) र (ख)का लागि रोमणि भट्टराई, जसमाया गजमेर, बृख प्रधान, कुसुम राई, एकराज कार्की, ज्ञानुराम प्रसाईं, प्रेम सिटौलालगायतको नाम चर्चामा छ ।

क्षेत्र नम्बर ३ (क) र (ख)मा नारायण पोखरेल, सन्तलाल मेचे, पदमबहादुर थापा, माधव विद्रोहीलगायत ४ (क) र (ख)मा धनबहादुर थेबे, रोशन थोप्रा, राधाकृष्ण खनाल, अमृता राईलगायत चर्चामा छन् । क्षेत्र नम्बर ५ (क) ५ (ख)का लागि अर्जुन राई, होमबहादुर थापा, सुमित्रा भण्डारीलगायतको प्रतिस्पर्धा छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।