प्रधानमन्त्री देउवाकै जिल्लाबाट काँग्रेसका दुई सिफारिस, प्रम देउवा दुवै गुटबाट

डडेल्धुरा, १८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट नेपाली काँग्रेसले दुईवटा सिफारिस केन्द्रीय समितिलाई सिफारिस गरेका छन् ।

डडेल्धुरामा रहेका नेपाली काँग्रेस देउवा निकटकै दुई गुटका छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेका हुन् । प्रदेशसभाका लागि दुवै गुटबाट करिब दर्जनभन्दा बढी नेतालाई गुटका आधारमा सिफारिस भए पनि प्रतिनिधिसभाका लागि भने दुवै गुटले प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नाम मात्र सिफारिस गरेको जनाएका छन् ।

मंगलबार दुवै गुटका छुट्टाछुट्टै बसेका बैठक तथा छलफलले उम्मेदवारको नाम पनि छुट्टै सिफारिस गरेका छन् । डडेल्धुरा नेपाली काँग्रेसका पूर्व सभापति रघुवर भट्ट र वर्तमान सभापति कर्ण मल्ल प्यानलका नेताले प्रदेशसभाका लागि खुला र सामानुपातिकतर्फ छुटृाछुट्टै सिफारिस गरेका हुन् ।

यसमा रघुवर भट्ट प्यानलबाट प्रतिनिधिसभाका लागि प्रधानमन्त्री देउवालाई सिफारिस गरेका छन् भने सामानुपातिकतर्फ महाअधिवेशन प्रतिनिधि डा आरजु राणा देउवा, सांसद नरभान कामी र महाअधिवेशन प्रतिनिधि तथा नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरलाई सिफारिस गरेका छन् भने नेपाली काँग्रेस जिल्ला सभापति कर्ण मल्ल गुटले प्रत्यक्षबाट देउवालाई नै सिफारिस गरेका छन् र सामानुपातिकमा नारु ओझा, पदम विष्ट र भरत नेपालीलाई सिफारिस गरेका छन् ।

प्रदेशसभाका लागि क्षेत्र नं १ का लागि रघु गुटले रघुवर भट्ट, नैनसिंह महर, कैलाशकुमार पाण्डेय, हेमराज चटौत र वीरेन्द्रबहादुर थापालाई सिफारिस गरेका छन् भने कर्ण गुटले गोपा थापा, रवीन्द्र खड्का, हिक्मतसिंह ठाकुरलाई सिफारिस गरेको जनाएका छन् ।

क्षेत्र नं २ का लागि रघु गुटले खुलातिर गोविन्दराज बोहरा, शेरबहादुर भण्डारी, हरिप्रसाद भट्ट, मोहनराज पाठक, भानबहादुर देउवा र भोजराज भट्टलाई सिफारिस गरेका छन् भने कर्णगुटले कर्णबहादुर मल्ल, करुणाकर भट्ट, तारक बुढाऐरलाई सिफारिस गरेका छन् । समानुपातिक उम्मेदवारका लागि भने भट्ट गुटबाट २२ जना र मल्ल गुटबाट ३० जना नेतालाई सिफारिस गरेका छन् ।

डडेल्धुरामा रहेका मुख्य अन्य दलहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) ले पनि आन्तरिक बैठक बसी उम्मेदवार छनोटको छलफलमा लागेको जनाएका छन् ।

नेपाली काँगे्रस डडेल्धुराले मंगलबार बसेका छुट्टाछुट्टै बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका खुला र सामानुपातिकतर्फका उम्मेदवारको नामावली पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका हुन् । दुवै गुटका नेताले आफू नै आधिकारिक काँग्रेस भएको दाबी गरिरहेका छन् ।

डडेल्धुरा जिल्ला विगतमा एक निर्वाचन क्षेत्र रहेको भएता पनि हाल भने दुईवटा निर्वाचन क्षेत्रका लागि दलहरुले उम्मेदवार छनोट गरी केन्द्रीय कार्य समितिलाई सिफारिस गरेका छन् ।

पर्शुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपलिका र अजयमेरु गाउँपालिकाको वडा नं ५ र ६ एक निर्वाचन क्षेत्रमा छन् भने बाँकी अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिकाका बाँकी चारवटा वडा नं १, २, ३ र ४ दोस्रो निर्वाचन क्षेत्रमा रहेका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।