प्रचण्ड र उपेन्द्र बिच भेटवार्ता, ओलीको नेतृत्वमा सरकार बनाउने, फोरम सहभागि हुने

काठमाण्डौ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । मंगलबार विहान प्रचण्ड निवास लाजिम्पाटमा भएको एक घण्टाको भेटवार्तामा चुनावी तालमेल र गठबन्धन बनाउनेबारे छलफल भएको थियो

त्यस्तै मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा पनि सहमति भएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पत्रकार ऋषि धमलालाई जानकारी दिएका छन् ।

त्यस्तै नेताहरुबीच तत्काल पार्टी एकता गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष यादवले बताए । एकताको विषयमा यादवले प्रस्ताव गरे पनि प्रचण्डले भने अहिले चुनावी तालमेल भन्ने जवाफ दिएका छन् ।

यादवले अबको चुनावमा नेपाली कांग्रेससँग कुनै पनि हालतमा चुनावी तालमेल गर्न नसकिने बताएका छन् । यादवले प्रचण्डसँगको भेटमा कांग्रेससँग चुनावी तालमेल नगर्ने आफुहरुको घोषित नीति नै रहेको जानकारी गराएका थिए ।

यादवले भने, “मधेशमा हाम्रो पार्टीलाई हराउनका लागि कांग्रेसले व्यापक शक्तिको दुरुपयोग गरेको थियो, यो पीडा हामीले विर्सन सकेका छैनौँ । त्यसैले कांग्रेससँग हाम्रो चुनावी तालमेल हुन सक्दैन ।”

एमाले अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने नयाँ चुनावी सरकारमा फोरम नेपालको सहभागिता हुने बारे प्रचण्ड र यादवबिच सहमति भएको स्रोतको दाबी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।