गुल्मी एमालेमा प्रदिप र गोकर्णको नाम सर्वसम्मत, रामकुमारी झाँक्री समानुपातिकमा सिफारिस

गुल्मी, १९ असोज । आगामी मंसिरमा हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि एमाले गुल्मीले दुबै क्षेत्रबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ ।

जिल्ला कमिटीको बैठकले दुई केन्द्रीय सचिव प्रदिप ज्ञवाली र गोकर्ण बिष्टलाई सिफारिस गरेको एमाले गुल्मीका सचिवालय सदस्य जंग नेपालीले जानकारी दिए ।

ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट र बिष्ट क्षेत्र नम्बर २ बाट सिफारिस भएका हुन् । ज्ञवाली साबिकको क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भएका थिए । ज्ञवाली २०५६ साल र २०६४ सालमा सम्पन्न निर्वाचित भएका थिए ।

बिष्ट साबिकको क्षेत्र नम्बर ३ बाट २ पटक निर्वाचित भएका थिए । उनि २०५६ साल र २०७० सालमा सम्पन्न निर्वाचनमा निर्वाचित भएका हुन् ।

गुल्मीलाई तीनवटा क्षेत्रबाट समायोजन गरी २ वटा क्षेत्र निर्धारण गरिएको छ । जिल्लामा प्रदेशसभाका लागि भने ४ वटा क्षेत्र निर्धारण गरिएको छ ।

एमाले गुल्मीले प्रदेशसभाको उम्मेदवारको नाम सर्वसम्मत बनाउने तर्फ लागेको नेपालीले जानकारी दिए । प्रदेश सभा तर्फ २ नम्बर क्षेत्रबाट पूर्व संसद कमल क्षेष्ठ सर्वसम्मत सिफारिस भएका छन् ।

श्रेष्ठ २०५१ सालमा सम्पन्न निर्वाचनम गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

अन्य तीन वटा प्रदेशका क्षेत्रबाट धेरै आकांक्षीहरु भएसँगै नाम सर्वसम्मत बनाउने तयारी भइरहेको एमाले गुल्मीले जनाएको छ ।

प्रदेशसभा तर्फ एक क्षेत्रबाट १५ जना सम्म आकांक्षीहरुले उम्मेदवार बन्नको लागि दावी गरेकाले नाम सिफारिस हुन सकेको छैन् । धेरैले इच्छा जायरगरेपछी जिल्ला कमिटीलाई छनोट गर्नको लागि नाम पठाएका छन् ।

प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फ बालसिंह काउछा, मैना भण्डारी, गणेश बिश्वकर्मा, होमनाथ कँडेल, भिम पौडेलको नाम सिफारि गरेको छ ।

त्यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको समानुपातिक तर्फ बोम खड्का, रामकुमारी झाँक्री, सागिर मियाँको नाम सफारिस गरिएको सचिवालय सदस्य नेपाली जानकारी दिए ।

अन्य दलहरुले पनि उम्मेदवार सिफारिसको लागि छलफल भइरहेको जनाएका छन् । अनलाईन खबर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।