माओवादीलाई सरकारबाट लखेट्न देउवालाई हतार !

एस काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)सँग चुनावी गठबन्धन र पार्टी एकताको प्रक्रिया अगाडि बढाउने गरी सहमति गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सत्तागठबन्धनलाई कसरी अगाडि लैजाने गम्भीर छलफलमा छन् ।

काँग्रेस सभापति समेत रहेका देउवा सरकारबाट माओवादी केन्द्र आफैं बाहिर गइदिओस् भन्ने पक्षमा रहेको बताइन्छ । तर माओवादी केन्द्रले भने प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचनसम्म यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको र सोही वचन प्रधानमन्त्रीलाई दिएको छ ।

तर नैतिक हिसाबले विपक्षीसँग गठबन्धन गरेपछि सरकारमा रहीरहन माओवादीलाई गाह्रो पर्ने देखिन्छ । प्रधानमन्त्रीले राप्रपा, राजपा, संघीइ समाजवादी फोरम, लोकतान्त्रिक फोरम राप्रपा(प्रजातान्त्रिक)लगायत सबै दललाई सरकारमा ल्याउने र वृहद लोकतान्त्रिक गठबन्धन गर्ने विषयमा प्रक्रिया अगाडि बढाएका छन् ।

माओवादी सरकारबाट हटिदिए राम्रो हुन्थ्यो भन्ने प्रधानमन्त्रीको चाहना छ । काँगेस नेता गगन थापाले माओवादी सरकारबाट बाहिरिनुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।वृहत् लोकतान्त्रिक गठबन्धनमा नै बहुमत पुग्ने भएकाले माओवादीले सरकारको समर्थन फिर्ता लिएपनि केही फरक नपर्ने सोचाईमा काँग्रेस रहेको छ ।

माओवादीले यही असोज २१ गते पोलिटव्यूरोका बैठक बोलाएको र सोही बैठकले सरकारको बारेमा समेत निर्णय गर्ने जनाएको छ । संसद्को बैठक यही असोज २० गतेका लागि बोलाइएको छ ।यही महिनाको अन्तिम साता स्वतः संसद् विघटन हुने भएकाले सोही अगाडि सरकारबाट माओवादीलाई हटाउने वा सो पछि हटाउने भन्ने बारेमा भने हालसम्म केही बताइएको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।