माओवादी केन्द्र र नयाँ शक्तिका अध्यक्ष पनि केपी ओली !

काठमाण्डौं । हाल चुनावी तालमेल र पछि पार्टी एकताको निर्णय गरेका एमाले, माओवादी केन्द्र र नयाँ शक्ति सबैको नेता एमाले अध्यक्ष केपी ओली हुने भएका छन् ।

तीन पार्टीबीच एकताअघि हुने बैठक र छलफलको अध्यक्षता र संयोजन ओलीले गर्ने सहमति भएको एक नेताले बताए । बुधबार एमाले उपाध्यक्ष बामदेव गौतम निवासमा बसेको तीन दलका शीर्ष नेताको अध्यक्षता पनि ओलीले नै गरेका थिए ।

‘पार्टी एकताअघि बैठकको अध्यक्षता र सयोजन केपी कमरेडले गर्ने कुरा भएको छ’, एक एमाले नेताले काठमाण्डुटुडेसँग भने । तीन दलले मंगलबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरी चुनावी तालमेलको घोषणा गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।