डिआइजी नवराज सिलवाल एमालेमा प्रवेश गर्ने, यसरी सुरु हुँदैछ गृहमन्त्री बन्ने यात्रा

असोज २०, काठमाण्डौ । नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् ।

आज एक औपचारिक कार्यक्रमकाबिच सिलवाल एमालेमा प्रवेश गर्न लागेका हुन् । आज ११ बजे काठमाडौं जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमबाट सिलवाल एमाले प्रवेश गर्देछन् । कार्यक्रम बानेश्वस्थित क्वालिटी बैक्वेटमा आयोजना गरिएको छ ।

सिलवाल ओलीकै हातबाट अबिर पहिरिएर एमालेमा प्रवेशसँगै सक्रिय राजनीतिमा लाग्ने भएका हुन् । डिआइजी वरियतामा एक नम्बरमा रहेका सिलवाललाई प्रचण्ड र देउवा सरकारले आइजीपी हुनबाट रोकेको थियो ।

साथै सिलवाल यो प्रकरणसँगै सर्वाेच्च अदालत गएका थिए । अदालतमा मुद्धा हारेपछि सिलवालले डिआजइजीबाट राजिनामा दिएका थिए । यद्यपी उनको राजिनामा भने स्विकृत भएको छैन् ।

सिलवाल एमालेमा प्रवेशसँगै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने चर्चा अहिले एमाले वृतमा चल्न थालेको छ । सिलवाल सांसदमा निर्वाचित भए भावी गृहमन्त्री बन्ने समेत चर्चा परिचर्चा हुन थालेको छ । केही समय अघि एमाले अध्यक्ष केपी ओलीलेसमेत सिलवाललाई गृहमन्त्री बनाउने कुरा गरेका थिए । – रिपोर्टर्स नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।