एमाले चितवनले गर्यो २१ जनाको नाम सिफारिस !

चितवन । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) चितवनले २१ जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटीको हिजो सम्पन्न बैठकले क्षेत्रबाट आएका नामलाई अनुमोदन गरी केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको नाम सर्वसम्मत् रुपमा सिफारिस गरिएको सो पार्टीले जनाएको छ । त्यसैगरी क्षेत्र नं २ बाट पार्टी अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलको नाम सिफारिस गरेको छ । पोखरेल यसअघि पनि चितवन क्षेत्र नं ३ बाट सांसद बन्नुभएको थियो ।

यसैगरी क्षेत्र नं ३ बाट चार जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा घनश्याम भट्टराई, शंकर थपलिया, रविकिरण पौडेल र सूर्य जमरकट्टेल हुनुहुन्छ ।

त्यस्तै प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ (क) बाट दावा दोर्जे लामा र डा कृष्ण पन्त तथा (ख) बाट कृष्ण खनाल, क्षेत्र नं २ (क) बाट विजय सुवेदी र (ख) बाट तेजेन्द्रबहादुर खड्का, क्षेत्र नं ३ (क) बाट कृष्ण भूर्तेल र (ख) बाट रामप्रसाद न्यौपाने, प्रकाश ढुंगाना, लीला आचार्य, प्रेम तिमिल्सिना, सुदिप रेग्मी, कल्पना सापकोटा, श्याम विष्ट, शान्तराज आचार्य र श्रीमान् थिङको नाम सिफारिस गरिएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिनुभयो ।

समानुपातिक तर्फको नाम भने टुंगो लाग्न सकेको छैन । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।