चित्र बहादुर केसी पनि आउने भए वाम गठबन्धनमा !

काठमाडौ, २१ असोज । नेकपा एमालेले नेतृत्व गरेको बाम गठबन्धनमा अर्को बामपन्थी दल राष्ट्रिय जनमोर्चा पार्टीले पनि चुनावी तालमेल गर्ने तयारी गरेको छ ।

काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफुहरुसग सहभागी हुन आव्हान गरेपनि राष्ट्रिय जनमोर्चा पार्टीले भने बाम गठबन्धन नै रोज्न लागेको हो ।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले बाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले छिट्टै निर्णय गर्ने बताउनु भयो । उहाँले भान्सा, पहिरन र व्यवहार मिल्नेसँग किन बेग्लै बस्ने भन्ने अवधारणाबाट आफूहरु अघि बढिरहेको जानकारी दिनुभयो ।

बाम गठबन्धनमा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, नेपाल परिवार दल र केही स्वतन्त्र उम्मेद्धार एकतावद्ध भईसकेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।