कांग्रेस कार्यालय भित्रै हात हालाहाल
गुलरिया । प्रतिनिधी र प्रदेशसभाका लागि उम्मेदवार छनौट भइरहेको समय कांग्रेस पार्टी कार्यालयभित्र हात हालाहाल भएको छ ।
आईतवार पार्टी कार्यालयमा नगर सभासद् रविन्द्र यादव र गुलरिया नपा—१० बाट निर्वाचित वडा अध्यक्ष वीरेन्द्र चौधरी फायल खोसाखोस भएपछि भनाभन र हात हालाहाल भएको थियो ।
पार्टी कार्यालय भित्र यादवले वडा अध्यक्षमाथि हातपात र दुव्र्यवहार गरेको आरोपमा पार्टीबाट निलंम्बन गरेको क्षेत्रिय सभापति एंव नगरप्रमुख मुक्तीनाथ यादवले बताए । नगर सभासद् रविन्द्रले नगरप्रमुखले लगाएको आरोपमा सत्यता नभएको बताए ।
यसैबीच, प्रतिनिधी सभाका लागि क्षेत्र नम्बर १ मा पार्टी सभापति संजय कुमार गौतम र क्षेत्र नम्बर २ मा अरुण सिंह राठौर, किशोर सिंह राठौर, तेजु भाट र मालती सोडारीको नाम सिफारिस भएका पार्टीले जनाएको छ ।


