राप्रपा कांग्रेससँग चुनावी तालमेल गर्दै सरकारमा सहभागी हुने, गृहमन्त्रालयसहित पाँच मन्त्रालय राप्रपालाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेससँग चुनावी तालमेल गर्दै सरकारमा सहभागी हुने निर्णय गरेको छ । राप्रपाको आज बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनले भने सरकारलाई समर्थन गरेको पत्र तयार हुँदैछ । प्रधानमन्त्रीलाई भेटेपछि अन्तिम टुङ्गो लाग्छ । राप्रपा सरकरामा जाने निश्चित जस्तै भइसकेको र कमल थापालाई गृहमन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको दाबी गरिएको छ ।

गृहमन्त्रालयसहित पाँच मन्त्रालय राप्रपाले पाउने भएको छ ।
त्यस्तै राप्रपालाई चुनावी तालेमलमा प्रत्यक्षतर्फ सात सिट दिनसमेत कांग्रेस तयार भइसकेको छ । समानुपातिकतर्फ भने पछि कुरा मिलाउने सहमति भएको छ । यसअघि संविधान संशोधनको मुद्दामा दुई कित्तामा उभिएका कांग्रेस र राप्रपा नयाँ राजनीतिक गठबन्धनसँगै पुनः एक ठाउँमा उभिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित हुने बेलामा देउवालाई मतदान गरेका कमल थापा पछि पार्टी फुटेसँगै चिढिएका थिए । पशुपति शमशेर राणाले पार्टी परित्याग गरेर नयाँ दल दर्ता गराएपछि कमल थापाले त्यसको दोष देउवालाई समेत लगाएका थिए ।

सरकारले नै आफ्नो पार्टी फुटाएको आशंकामा कमल थापाले संविधान संशोधनको प्रस्तावको विपक्षमा मतदान गरेका थिए । तर वाम एकताको प्रक्रिया सुरु भएसँगै लोकतान्त्रिक गठबन्धन निर्माणको अभियानका क्रममा कांग्रेस र राप्रपा पुनः नजिकिएका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।